धरानमा 'एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट' पढाइ हुने एक मात्र कलेज प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले नवागन्तुक विद्यार्थीका लागि अभिमुखीकरण संचालन गरेको छ ।

अभिमुखीकरणमा विद्यार्थीलाई अध्यापन गराइने विषय, शैक्षिक सम्बन्धन, इन्टर्नशीप, प्रयोगात्मक सीप, अनुशासन, सत्कार, शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलाप, सामाजिक उत्तरदायित्वलगायतका विषयमा जानकारी गराइएको थियो ।

कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिस्ट्रेटिभ इन्चार्ज विशाल शंकरलगायतले अभिमुखीकरणमा सहजीकरण गरेका थिए ।

अभिमुखीकरणमा कलेजका तर्फबाट अध्ययनरत विद्यार्थी प्रकाश राईले अनुभव प्रस्तुत गरे । उनले घरमा संस्कार प्राप्त गरेजस्तै प्राइम भिजन कलेजमा शिक्षा, सत्कार र सीपसँगै सामाजिक उत्तरदायित्व सिक्न सकिने बताए ।

'कलेजमा घरको जस्तै अनुभूति हुन्छ र शिक्षकहरु पनि फ्रेन्ड्ली हुनुहुन्छ', नवआगन्तुक विद्यार्थीलाई प्रकाशले भने, 'तपाईंहरुले पनि एउटै घर-परिवार जस्तै ब्यवहार गर्नुहोला ।'

240953070_248136470536673_688241327577652393_n

अर्की विद्यार्थी अन्जना राईले प्राइमभिजन कलेजमा एकआपसमा सम्मान र सत्कार गर्नुपर्ने विषयलाई बढी प्राथमिकता र प्रोत्साहन गर्ने बताइन् । 'कलेजमा हस्पिटालिटी सम्बन्धी नै अध्ययन गरिने हुनाले सबैले एक-आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्छ, ' अन्जनाले भनिन्, 'अध्ययनका क्रममा र फिल्डमा पनि हामीले जोड दिएको कुरा नै हस्पिटालिटी हो ।'

नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव भोला श्रेष्ठले प्राइम भिजन कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

कलेजको तर्फबाट विद्यार्थीहरुलाई एक-एक सेट पुस्तक, झोला, ट्याब्लेट र किचनकिट प्रदान गरिएको थियो। अभिमुखीकरण इटहरीस्थित एक होटलमा आयोजना गरिएको कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तव्य छात्र सन्देश पाल्पाली र छात्रा अम्बिका लिम्बूले दिएका थिए । कार्यक्रमको सन्चालन लेखापाल रोस्मिता श्रेष्ठले गरेकी थिइन् ।