श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ १५ गते मंगलबार, ३१ अगस्त २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको नवमी तिथि ४ः३९ बजेसम्म, उप्रान्त दशमी नक्षत्र रोहिणी ९ः५८ बजेसम्म, उप्रान्त  मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अधिकार प्राप्तीका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । अड्कीएको धन हातलागी हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज अध्यापनकोक्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । पारिवारिक सुख मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

दवाव  र तनाव बढेको महसुस हुनेछ । जग्गा जमिनको कारोबारबाट सोचेजस्तो लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा वुद्धि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतिहरुका लागि उत्साहवद्र्धक समय छ। ज्ञान कला र व्यक्तीत्वमा निखारता आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्रोत साधन जुट्नाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकिमा परिवर्तन आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्गे अर्थ सञ्चय गर्ने समय देखिन्छ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काममा आफ्नो श्रम परेपनि प्रतिफलमाथि अरुले राज गर्ने छन् । सावधानि पूर्व अगाडी बढ्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वैदेशिक यात्राको योग रहेकोछ । परिवारको भरपुर सहयोग प्राप्त हुने देखिन्छ ।