सिरहा । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा साईकल वितरण भएको हो ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैया नगरपालिका वडा नं.५ स्थित रहेको श्री मोहन नमुना माध्यमिक विधालय(प्र.)मा अध्यनरत कक्षा ९ का ८९ जना छत्रा विद्यार्थीहरूलाई  साईकल वितरण गरिएको हो ।

साईकल वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले भने महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने हो ।

देशलाई अगाडी बढाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए । महिला शिक्षित नभएसम्म देश शिक्षित नहुने धारणा राखे । मिर्चैया नगरपालिकाका नगर प्रमुख यादवले देशलाई विकसित गर्न सबैले महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

उक्त कार्यक्रमका मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्व, समाजवादी पार्टी नेपालका यूवा नेता विष्णु साह, श्री मोहन नमुना माध्यमिक विधालय (प्र.)का प्र.अ.अशोक कुमार यादव, मिर्चैया नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष धिरेन्द्र कुमार साह, समाजसेवी प्रभात सिंह, ज.स.पा.का नगर अध्यक्ष जीमि यादवलगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

mohan-school