श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ ११ गते शुक्रबार, २७ अगष्ट २०२१ । राक्षसनाम संवत्सर, भदौ कृष्णपक्षको पञ्चमी तिथि १९ः०७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्विनी १ः०३ बजेसम्म, उप्रान्त  भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४० र सूर्यास्त ६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आलश्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसरभने प्रशस्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमाइलोमा जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्च लागे पनि कामतर्फ सकारात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुने योग रहेको छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिहान विवादास्पद काममा अल्झिनु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ  ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दूध तथा कृषिजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार–व्यवसायबाट लाभ होला । पेटसम्बन्धी समस्याले सताउन सक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ ।