श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ १० गते बिहीबार, २६ अगस्त २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको चतुर्थी तिथि १७ः३१ बजेसम्म, उप्रान्त पञ्चमी नक्षत्र रेवती २२ः४३ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वस्त्र आभूषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । लामो दुरीको यात्रा रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्रोतसाधन जुट्नाले गरिउका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साना तिना समस्यामा अल्झिनु पर्नेछ । स्वस्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोक छाउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विद्या र वुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज विशष्ठि व्यक्तिको साथ पाइनेछ । दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

खर्च लागे पनि रोकिएका कामहरु बन्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । समय उत्तमखालको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।