श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ ९ गते बुधबार, २५ अगस्त २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको तृतिया तिथि १९ः३३ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र उत्तरभाद्र २१ः०० बजेसम्म, उप्रान्त  रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिस्थिति अनुसार निर्णय लिन नसक्दा लाभ विग्रन सक्छ । हड्डी सम्बन्धी समस्याले सताउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुने देखिन्छ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आम्दानीका स्रोत बढ्नुका  साथै दिगो फाइदा हुने काममा  सम्झौता गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगीहरुले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले वौद्धिक क्षेत्र फराकिलो बन्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काममा नयाँ अवसर पाइनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आकस्मिक कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरुलाई सरसापट दिनुपर्ने हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अर्थ अभाव खट्किए पनि आवश्यक पर्दासरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ  ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मुल्य प्राप्त हुनेछ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ  । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मनोरञ्जनमा अलमलिदा चिताएको काम रोकिन सक्छ ।