मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पुर्याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो । 

कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका राई धरानस्थित श्री पूर्वाञ्चल ज्ञान चच्छु विद्यालयको कक्षा दशमा अध्ययरत छन् । ब्रेनलिपीको साहयतादेखि अध्ययन गर्दै आएका उनलाई कम्प्युटर आवश्यक परेपछि उनलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको अध्यक्ष कार्कीले बताए । गाउँपालिको जेहन्दरा र विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृतिको साथै विभिन्न खाले सहयोग पनि गर्दै आएको छ ।

ल्यापटप आएपछि पठनपाठनमा थप सहज पुग्ने दृष्टिविहीन विद्यार्थी राईले बताए । ‘प्रविधिको विकास भएपछि पठनपाठनमा हामीलाई पनि अहिले सहज भएको छ,’ उनले भने, ‘ल्यापटप पाएपछि उच्च शिक्षा हासिल गर्न मलाई थप सहयोग र हौसला मिल्नेछ ।’