श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ ७ गते सोमबार, २३ अगष्ट २०२१ । राक्षसनाम संवत्सर, भदौ कृष्णपक्षको प्रतिपदा तिथि १९ः४२ बजेसम्म, उप्रान्त द्वितीया नक्षत्र शतभिषा १९ः३५ बजेसम्म, उप्रान्त  पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आकस्मिक लाभले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । करकापमा परी काम वा विशेष निर्णय गर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामना पूर्ण हुनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट  भोजनको आनन्द प्राप्त हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । कामाम नयाँ अवसर जुट्न सक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिलेको सफलताले हौसला जगाउनेछ । व्यापार व्यवसायमा मनग्गे फाइदा पाइनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विभिन्न उपहार प्राप्त हुने समय छ ।  सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिन राम्रो रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बस्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । सचेत रहनु होला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साथीभाइसँगको भेटघाटले रमाइलोमा दिन बित्न सक्छ । स्वास्थ्यमा समस्या आउला ।