धरान । धरानको युएन–नवोदय कलेजले बिहीबार कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षा लिएको छ । 

हालै माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई स्वास्थ्य मापदण्ड पूरा गर्दै प्रवेश परीक्षा लिइएको कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोले जानकारी दिए । भौतिक उपस्थितिका आधारमा २ सय ५० जना सहभागी भए भने अनलाइनका आधारमा एक सय १० जना सहभागी भएको उनले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष विद्यार्थीहरूको उपस्थिति उल्लेख्य रहेको जनाइएको छ । 

होटल व्यवस्थापनतर्फ धरानमा युएन कलेजले नाम कमाउन सफल भएको छ । प्राचार्य तुम्बापोका अनुसार यस शैक्षिक सत्रबाट विज्ञान, कम्प्युटर, खाद्य तथा पोषणका विषय थप गरेको छ । यसअगि होटल व्यवस्थापन, व्यवस्थापन, शिक्षा संकाय अध्यापन गराउँदै आएको थियो । होटल व्यवस्थापन र व्यवस्थापनमा प्रदेश १ मा सदैव उत्कृष्ट हुँदै आएको कलेजले दाबी गरेको छ । कलेजले एसईईमा उत्कृष्ट भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि दिँदै आएको जनाएको छ । 

यहाँ पढाइका अलवा अतिरिक्त क्रियाकलापमा पनि प्राथमिकता दिइँदै आएको प्राचार्य तुम्बापोले जानकारी दिए । तुम्बापोले भने, ‘हामीले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको समग्र विकासका लागि अन्य अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएका छौं, त्यसैले पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।’