श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ ४ गते शुक्रबार, २० अगस्त २०२१ । राक्षस संवत्सर श्रावण शुक्लपक्षको त्रयोदशी तिथि २१ः०४ बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र उत्तरषाढा २१ः३६ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज आफ्नो क्षेत्रका भ्रमण जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक यात्राको योग छ । आफन्तहरुको सहयोगले कामहरु अगाडि बढ्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दिन राम्रो रहेकोछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमणीय र सुखदयात्राको योगछ । सुन्दर परिहनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । दिन सामान्य रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक क्षेत्र कमजोर रहेकोछ । वेसुरमा वचन दिनाले अफ्ठ्यारो पार्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिको रुपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरका लागि केही दैड धुप गर्नुपर्ला । काम थाल्न समय लागे पनि सम्वाना खोजी गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको मिहिनेतले निकट भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । पढाईमा रुचि बढ्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्नगर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्न सक्छ । भौतिक साधनहरु संग्रह हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत भइनेछ । सामाजिक दायित्व पनि बढ्नेछ ।