यासोक —पाँचथरको कुम्मायक गाउँपालिकामा प्राकृतिक प्रकोपका कारण किसानको मकै बाली नष्ट भएको छ । हावाहुरीका कारण किसानले लगाएको सयौं हेक्टर मकै बाली नष्ट भएपछि किसानको बारीमा कर्मचारी र जनप्रतिनिधि टोलि पुगेका हो ।

किसानको जनगुनासो बढ्न थालेपछि कर्मचारी सहितको जनप्रतिनिधिको टोलि क्षतिको बिवरण सङकलनमा जुटेको हो । वर्षभरी खाने अन्न हावाहुरीले बारीमै नष्ट गरेपछि वडाका जनप्रतिनिधिहरुलाई क्षतिको बिवरण संकलन गर्न खटाएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

गाउँपालिकाको वडा नम्बर ३ र ५ नम्बर वडाको तमोर टटीय क्षेत्रमा मकै बालीमा ठुलो क्षति पुगेको छ । पानीसंगै आएको हावाहुरीको कारण प्रत्येक किसानले लगाएको १० देखि ५५ रोपनीको मकै नष्ट भएको थियो । मकैबाली नष्ट भएको गुनासो बढ्दै जानथालेपछि सम्बन्धित वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई बिवरण संकलन गरी पेस गर्न भनिएको अध्यक्ष चेम्जोङले भनाइ छ ।

वडाले क्षतिको बिवरण गाउँपालिकामा बुझाएपछि कार्यपालिका बैठक बसी आवश्यक निर्यणमा पुग्ने गाउँपालिकाले जनाएको छ । बर्षेनी किसानले लगाएको मकै बालीमा खडेरी, फौजी किरा र बन्यजन्तुले ठुलो असर पु¥याउँने गरेको छ ।

२०७५ सालमा पनि मकै उत्पादनमा खडेरीले नष्ट गरेपछि खाद्यन्य संकट टार्न राहत बाँडेको थियो । त्यसको एक वर्षपछि पुनः २०७६ सालमा फौजी किरा र खडेरीले प्रभावित पारेपछि १ हजार, ७ सय ७४ घरधुरीलाई ११ हजार ४ सय केजी मकै र ५ सय ७६ घरधुरीलाई ४४ मुरी बदामको बिउ बितरण गरेको थियो ।