Binod parshu ram

निश्चल कार्की 

सिडनी(ब्लाष्ट) अष्ट्रेलियाको सिड्नीस्थित एक्सट्राटेक प्रालिले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको कोषबाट नेपाल पत्रकार महासंघलाई  रु.तीनलाख सहयोग रकम प्रदान गरेको छ ।

कोषका संस्थापक तथा एक्सट्राटेकका सञ्चालक विनोद कुव“रबाट प्राप्त उक्त रकम उनका नेपाल स्थित प्रतिनिधि शैलेश शांखीमार्फत नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई प्रदान गरिएको हो । 

रकम हस्तान्तरण कार्यक्रममा कार्यवाहक अध्यक्ष विष्टले एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु)  विनोद कुव“रसहितको   कोराना संक्रमति पत्रकारका भएको योगदानको सराहना गर्दै महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गरेकामा एक्सट्राटेकलाई धन्यवाद व्यक्त गरे । उनले नेपाली पत्रकारप्रतिको विश्वास र व्यावसायिकतालाई जोगाई राख्न सराहनीय कदम भएको बताउ“दै समस्या परेका पत्रकारहरूलाई यसबाट राहत पुग्ने बताए । 

कुव“रका अनुसार नेपाली जनतालाई सुसूचित गर्ने अभिभारा बोकेर पेशामा लागेका पत्रकार नै असुरक्षा र अभावमा रहनु राम्रो हैन , हामी विदेशमा भएता पनि हाम्रा मन मस्तिष्क नेपालमै रहेको र भविष्यमा पनि यसरी कुनै न कुनै रुपमा काम गरिरहने ध्यय रहेको ब्लाष्टलाई बताए ।