अफगानिस्तानमा तालिबननले पूर्ण रूपमा कब्जा लिएपछि काबुलकाे हवाइ अड्डामा अफनानिस्तान छाेड्नेहरूकाे भिड लागेकाे छ ।
आइतबार देशका उच्च पदस्त अधिकारीहरूले देश छाेडेसंगै अफगान सरकारका विभिन्न अधिकारीहरूले साेमबार देश छाेडेका छन् । जसमा भिसा अधिकारी देखी एयरपाेर्ट कर्मचारी समेत रहेकाे बताइएकाे छ ।
काबुल एयरपाेर्टमा मानिसहरूकाे भिड लागेकाे छ । एयरपाेर्ट व्यावस्थापकले भिडकाे नियन्त्रण गुमाएसंगै अमेरिकी सैनिकले नियन्त्रणका लागी हवाइ फायर गरेकाे बताइएकाे भएपनि गाेलीबारीका कारण केहीकाे मृत्यु भएकाेपनि खबर आएकाे छ ।
अहिले काबुल एयरपाेर्टमा कर्मसियल फ्लाइट बन्द गरिएकाे छ ।अफगानिस्तान कब्जामा लिएसंगै १७ अगस्त बिहान ८ बजेसम्म घरमै रहन तालिबानले अफगान नागरिकलाई निर्देशन जारी गरेकाे छ ।