विराटनगर । विराटनगर – ७ रङ्गेली रोडस्थित मेरिल्याण्ड कलेज देशभरीमै टप ७ मा पर्न सफल भएको छ ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता ‘एजुकेसन समाचार’ नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड कलेज उत्कृष्ट ७ मा पर्न सफल भएको हो । 

केही दिन अगाडि पनि केन्द्र विन्दु नाम संचार माध्यमले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो ।

‘हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट,’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो,’ उक्त सञ्चार माध्यमले भनेको छ ।

मेरिल्याण्ड गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावक र विद्यार्थीको मन जित्न सफल छ । व्यवस्थापन संकाय मात्र पठनपाठन हुने यो कलेजमा स्थापना कालेदेखि प्लस टु कक्षा सञ्चालन गरेको थियो । दक्ष, एवं योग्य शिक्षकहरूबाट व्यवस्थापन संकायमात्र पठनपाठन हुने  एक मात्र कलेज मेरिल्याण्ड प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल छ । 

२०७५ सालमा मेरिल्याण्ड कलेजका छात्राद्वय पूजा शाह र निशा पोखरेलले समान ३.९२ जिपिए अर्थात् नेपालमै सबैभन्दा बढी नम्बर ल्याउन सफल भएका थिए ।

‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका २ कलेजमध्येमा पर्दछ,’ कलेजका प्राचार्य लक्ष्मण ढकालले भने, ‘दक्ष, अनुभवि र सँधै माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् ।

कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । पूर्व मेचीदेखि जनकपुर, सिरहा, सप्तरीका विद्यार्थीको रोजाई नै मेरिल्याण्ड बनेको प्राचार्य ढकाल बताउँछन् ।