धरान/ सुनसरी धरान उपमहानगरपालिका – ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् ।

आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश –१ –०२–०४० प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत २ जना घाईतेलाई धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको छ भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा संलग्न तिनवटै सवारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।