विराटनगर/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । 

झापाको दमकमा ५३, विर्तामोमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, गौरीगञ्जमा १ जना छन् । यस्तै, मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा ३–३, ग्रामथान र बुढीगंगामा २–२, मिक्लाजुङ, कटहरी र धनपालथानमा १–१ जना छन् । 

कुल १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा संक्रमण देखिएको छ भने १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङ र मांसेबुङमा १–१, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १ जना छन् भने उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, ताप्लेजुङमा १, संखुवासभामा १, तेह्रथुममा १, भोजपुरको अरुणमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३०९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छ । मृत्यु हुनेमा ८ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।