आज नेप्सेमा व्यापार, विकास बैंक, हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र  लगानी उपसूचक बढेका छन् । हाइड्रोपावर उपसूचक २.४९ प्रतिशतले वृद्धि हुँदा, व्यापार उपसूचक १.७३ प्रतिशत, लगानी उपसूचक १.६१ प्रतिशत र लघुवित्त उपसूचक १.१७ प्रतिशतले बढेको छ ।

आज धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीमा हाइड्रोपावर मात्रै रहेका छन् । नेसनल हाइड्रोपावरको ३६ करोड ६ लाख ५४ हजारको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरको ३५ करोड ४० हजार, सिनर्जी पावरको ३२ करोड १२ लाख ५ हजार, ङ्यादी ग्रुप पावरको ३० करोड ४७ लाख र युनिभर्सल पावरको २९ करोड ३९ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा  जीवन विकास लघुवित्तबाहेक सबै हाइड्रोपावर कम्पनी रहेका छन् । सिनर्जी पावर, कालीका पावर, घलेम्दी हाइड्रो, ग्रीनलाइफ हाइड्रोपावर र युनिभर्सल पावर रहेका छन् ।

यता, चन्द्रागिरि हिल्सको सेयर मूल्य ३.८६ प्रतिशतले गिरावट हुँदा नारायणी विकास बैंकको ३.१५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ३.१४ प्रतिशतले मूल्य बढेको छ ।

आज कारोबारमा आएका १८४ कम्पनीमा ९२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९१ कम्पनीको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य भने स्थिर रह्यो ।

साताको पहिलो कारोबार दिन सेयर बजार स्थिरजस्तै देखिएको छ । जलविुत्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिँदा कारोबार रकम र सेयर मूल्य दुवै बढे पनि अरु क्षेत्रमा भने लगानीकर्ताहरु वित्तीय विवरणको पर्खाइमा रहेको देखिन्छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेका उपसूचक मिश्रित हुँदा बजार परिसूचक नेप्सेमा एक अंकको सामान्य वृद्धि भएको हो । आज नेप्से १.२५ अंकले वृद्धि हुँदा ३०८१.०५ अंकमा बन्द भएको छ ।

नेप्सेसँगैं ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.२४ अंकले बढेर ५७२.१५ अंकमा बन्द भएको छ ।

यता, होटेल तथा पर्यटन उपसूचक २.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.१८ प्रतिशत, जीवन बिमा उपसूचक १.१५ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.१४ प्रतिशत र बैंकिङ उपसूचक ०.२७ प्रतिशतले घटेको छ ।

जलविद्युत् कम्पनीमा लगानीर्ता झुम्मिँदा कारोबार रकम १२ अर्ब नाघेको छ । ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७२ हजारको कारोबार भएको छ ।