सुनचाँदीको मूल्य बृद्धि भएको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९२ हजार ४ सय कायम गरिएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ कायम भएको महासंघले जनाएको छ । बिहीबार १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । बिहीबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।