झापाकाे दमकमा गयराती ट्रककाे ठक्करबाट माेटरसाइकलमा सवार २ जनाकाे मृत्यु भएकाे छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदैगरेकाे प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको माेटरसाइकललाई  विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ढक्कर दिँदा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्ण बहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार सोही स्थानकी ३६ वर्षीय भिमा विष्टकाे मृत्यु भएकाे हाे । 

दुर्घटनामा गम्भिर घाइते भएका  उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याइएकाे थियाे । अश्पताल पुर्याइएकाे केहिबेरमा दुबैलाई चिकित्सकले मृत घोषित गरेको थियो ।

दुर्घटनापछि फरार रहेकाे ट्रक इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।