भारतकाे पञ्जाव राज्य स्थित लुधियानाबाट यात्रु लिएर बिहार तर्फ आउँदैगरेकाे डबल डेकर बसलाई  ट्रकले ढक्कर दिदा ११ जनाकाे मृत्यु भएकाे छ भने २५ जना भन्दा बढी घाइते भएका छन् ।

यात्रुवाहक बस अयाेध्या मार्गमा बिग्रिएपछि रामस्नेहीघाट कोतवाली क्षेत्रमा पछाडीबाट आएकाे ट्रकलले ढक्कर दिएकाे भारतिय संञ्चारमाध्यमहरूले जनाएकाे छ । 

मृतकहरू सबै बिहारका बासिन्दा रहेकाे त्यहाकाे प्रहरीले जनाएकाे छ ।  राजमार्गमा बस बिग्रीएपछि केहि यात्री बसबाट ओर्लिएर बाहिर बसेका भएपनि अधिकार्श यात्रुहरू बस भित्रै रहेकाे बेला तिब्र गतिमा आएकाे ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । 

अत्याधिक बर्षाका कारण उद्धारमा समस्या भएपनि स्थानिय र प्रहरीकाे सहयाेगका घाइते तथा मृतककाे उद्दार गरी अस्पताल पढाइएकाे एसपी यमुना प्रसादले जनाएका छन् ।