वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ ।

एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल  ferms.dofe.gov.np  मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ । 

मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ । विभिन्न योग्यता तोकिएको छ ।

मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।

केयरगिभरमा जान के–के योग्यता चाहिन्छर ?

- नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
- उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
- तौल ४५ केजी।
- शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
- अंग्रेजी भाषामा दक्ष।
- शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।

kdfkdmg