श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन १२ गते मङ्गलबार, २७ जुलाई २०२१ । राक्षसनाम संवत्सर श्रावण कृष्णपक्षको चतुर्थी तिथि २ः४५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र शतभिषा १०ः२७ बजेसम्म, उप्रान्त  पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नु पर्ने रकम हातलागी हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज शरीरमा स्फूर्ति र उमङ्गमा कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आँटे–ताकेको कार्य पूरा होला । प्रविधिमार्फत् टाढाका नातागोतासँग भेट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज कहीँ कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज सामाजिक कार्यमा सफलता मिल्नेछ । इष्टमित्रसँग भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधा आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला ।