मोरङ / विराटनगरका १ जनालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ८ का चन्दन कुमार मुखिया रहेका छन् ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।
मुखियाले राज कुमार रायलाई पैसा डबल बनाई दिन्छु भनि रू. २,२०,०००।– (दुई लाख बिस हजार) लिएको र पैसा लिए पश्चात १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज समेत दिएको र २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डबल हुन्छ भनि ठगी नगद रू. २,२०,०००।– (दुई लाख बिस हजार) लिई फरार रहेका थिए ।
मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रमा लिई ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।