अमेरिकामा नेपाली पत्रकारहरुलाई चुनाव लागेको छ । 

अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा हुने नेपाल अमेरिका पत्रकार संघ अमेरिका (नेजा) को सातौ अधिबेशन नजिकिए सँगै त्यहा रहेका पत्रकारहरुलाई चुनावी चट्टारो सुरु भएको हो ।

अध्यक्षका उम्मेदवारहरु आ– आफ्नो चुनाबी अभियानमा लागिरहेका छन् । 

आगामी जुलाई २४– २५ का नेजा अधिबेशन हुदैछ भने करिव १५० नेजा सदस्यहरुले आगामी कार्यसमितिको छनोट गर्नेछन् । 

अध्यक्षका प्रत्यासीहरुमा पत्रकार तथा व्यवसायी बिकास राज न्यौपाने ,पत्रकार गोकुल ढकाल र न्किरण मरहठ्ठा चुनावी मैदानमा देखिएको छन। पत्रकार निदेश अधिकारीलाई पनि समर्थन हुने सम्भावना छ ।

दुई दशक भन्दा लामो पत्रकारिता अध्ययन र अनुभव भएका पत्रकारहरु अमेरिकामा रहेका १ सय ५० भन्दा धेरै पत्रकारहरुको संगठन नेजामा नेतृत्वका लागि कसरत गरिरहेका छन् । 

अमेरिकामा रहेका नेजा नेतृत्वमा प्रतिस्पर्धा भन्दा सहमति भई दिओस भन्ने अधिकांश समुदाय सदस्यहरुको धारणा रहेको छ । 

अधिबेसनका लागि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ । 

पोख्रेल कार्यक्रमको प्रमुख अतिथिको रुपमा आउने आयोजक समितिले जनाएको छ ।


सातौ नेजा सम्मेलनको संयोजकमा वर्तमान नेजा क्षेत्रीय संम्योजक लिला ओझा रहेकी छिन ।