धरान/ मालपोत कार्यालय धरानका दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ ।

मालपोत कार्यालय धरानका मालपोत अधिकृत गणेशकुमार ढकालले दिएको जानकारी अनुसार मालपोत कार्यालयको कम्प्युटर अपरेटर र खरिददार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन ७ गते देखि साउन १३ गते सम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ ।

दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको र अरू कर्मचारीमा पनि कोरोना सङ्क्रमणको लक्षण देखिएकोले मालपोत कार्यालयमा अरूमा पनि सङ्क्रमण हुनसक्ने देखिएकोले एक साताको लागि कार्यालय बन्द गरिएको अधिकृत खडकाले बताए ।