उदयपुर/ उदयपुरमा तास खेलिरहेका चार जना समातिएका छन् ।
त्रियुगा नगरपालिका–११ स्थित युनिक रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षीय सुमन्त कोइरालालगायत चार जना पक्राउ परेका हुन् ।
रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोलीले छापा मारेको थियो ।
सो क्रममा उनीहरुको साथबाट नगद ७२ हजार ३ सय ८० रुपैयाँ, ६६ हजार रुपैयाँको १ थान बैंक चेक र तास बरामद गरिएको छ ।