बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले छलफल सुरु गरेको छ । 

प्रधानमन्त्री एवम् मन्त्रीपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा गठन भएको कार्यदल प्रतिष्ठान आई छलफल अगाडि बढाएको हो । 

कार्यदल र आन्दोलनरत संयुक्त संघर्ष समितिबीच छलफल जारी छ । 

विगत ३५ दिनदेखि प्रतिष्ठानको शुद्धीकरण गर्ने उद्देश्यले चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङ स्टाफहरुले आन्दोलन गरिरहेका छन् । 

प्रतिष्ठानमा आर्थिक अनियमितता र भ्रष्टाचार बढेको भन्दै पूर्णरुपमा शुद्धीकरण हुनुपर्ने आन्दोलनकारीको माग छ । 

गत असार १५ गते वार्ताको क्रममा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै वार्ता भाँडिएपछि पदाधिकारी र आन्दोलनकारीबीच संवाद हुन सकेको थिएन ।

प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले बिहीबार कार्यदल गठन गरेका थिए । कार्यदलमा ८ सदस्य छन् ।