इटहरी उपमहानगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत १० लाख रुपैयाँ र जनसहभागिताबाट कबर्डहल निर्माण सुरु भएको छ । 

वडा नम्बर १२ खनारमा नगर प्रमुख द्वारिकलाल चौधरीले कबर्डहलको  शिलान्यास गरे । 

रिलायन्स स्पिनिङ मिल्स उत्तरपट्टिको २ कट्ठा सार्वजनिक जग्गामा कबर्डहल निर्माण सुरु गरिएको वडा सचिव प्रेम रिजालले जानकारी दिए । 

बहुउदेश्यीय भवनमा ब्याडमिन्टन, टेबलटेनिस र भलिबल खेल्न सकिने छ । 

कबर्डहल बनेपछि खनार क्षेत्रका खेलाडीलाई खेलको अभ्यास गर्न तथा इनडोर प्रतियोगिता आयोजना गर्न सहज हुने वडाध्यक्ष हेमानन्द दाहालले बताए । 

Dwarik Lal Chaudhari