संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिकामा एक साता भित्रै २ जनाको खुकुरी प्रहारबाट हत्या भएको छ ।
गत असार महिनाको अन्तिम साता मात्रै नगरपालिका ७ र ९ नं. वडामा एक एक जना पुरुषको हत्या भएको छ । दुई हत्या आरोपमा हाल ३ जना पक्राउ परेको छ ।
गएको असार २४ गते राति खाँदबारी नगरपालिका–१ तिलार नयाँबस्तीमा आफ्नै साथीले कुखुरी प्रहार गरि साथीको हत्या गरेका थिए । २४ बर्षीय मुकेस तामाङले सोही स्थानमा दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
पुरानो रिसिईबीको कारण राती आफ्नो घरमा आएको बेला पेमालाई खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । हत्या गर्ने मुकेश तामाङसहित उनकी २२ बर्षिया श्रीमतिलाई हत्या गरि लास लुकाउन सहयोग गरेको आरोपमा पक्राउ गरि अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै गत असार ३० गते हत्या गरि फरार रहेका हत्या आरोपित युवराज राईलाई सार्वजानिक गर्यो । २५बर्षिया राईले खाँदवारी नगरपालिका वडा नं. ९ तुम्लिङ्टारका ४७ बर्षिया अपाङ्ग लक्ष्मण कुमालको खुकुरी प्रहार गरि हत्या गरेका थिए ।
भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. ४ खाटम्मा घर भएका युवराज मजदुरी गर्थे । घरमा खान खानेक्रममा मित बुवा पर्ने कुमाललाई सामन्य विवाद हुँदा खुकुरी प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनी हत्या पछि भागेर चैनपुर नगरपालिकाको पिलुवा खोला किनारबाट शनिबार राति पक्राउ परेको थियो ।
उनले हत्यामा प्रयोग गरेका हतियार बरामद गरि उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिए ।