सुनसरीको धरानमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाइएको छ । 

नेकपा एमालेको भातृसंगठ राष्ट्रिय युवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै प्रधानन्यायाधीशको पुत्ला दहन गरेको हो । 

युवा संघले नेकपा एमालेको पार्टी कार्यालय छाता चोकदेखि मुख्य बजार भानुचोकसम्म राँके जुलुश गरेको थियो । राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । 

julus- upendra

युवाहरुले नाराबाजी गर्दै निकालेको राँके जुलुश प्रहरीले निभाउन खोजेको थियो । प्रहरी हस्तक्षेपपछि युथफोर्सले छाताचोकदेखि भानुचोकसम्म निकालेको राँके जुलुशलाई डाइभर्ट गर्दै भानुचोक पुर्याएको थियो । 

युवाहरुको हातमा रहेको राँको खोस्न प्रहरीले युवाहरुलाई लखेटेको थियो । 

जुलुसका क्रममा युवाले एमाले अध्यक्ष केपी ओलीको जयजयकार गरेका थिए भने  प्रधानन्यायाधीश विरुद्ध अभद्र नाराबाजी गरेका थिए । 

Masal Julush Dharan

तस्बिरः ब्लाष्ट / उपेन्द्र चाम्लिङ