धरान /  कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १० बजेर १५ मिनेटमा उनको मृत्यु भएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान ११ की ४० बर्षीय महिलाको मृत्यु भएको हो ।

मृतकलाई असार २३ गते संक्रमण पुष्टि भएको थियो भने २५ गते उपचारको लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।