बिर्तामोड । झापाको काँकरभिट्टा स्थित ईलाका प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान लागु औषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएकाछन् ।

लागू औषध सम्बन्धि मुद्धामा पक्राउ परेका थुनुवा फरार भएका हुन् । कोरोना पोजेटिभ भएर हिरासतको  छुट्टै आइसोलेसनमा रहेका कन्काई नगरपालिका वडा नं ३ का रोसन यादब नामका थुनुवा शौचालय गएको बेला फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

यादवले शौचालयको भेण्टिलेसन फुटाएर भागेको थापाले बताए । कोरोना पोजेटिभ भएका कारण उनलाई छुट्टै स्थानमा राखिएको प्रहरीले जनाएको छ । फरार भएका थुनुवाको प्रहरीको टोलीले तिब्र रुपमा खोजी गरिरहेको बताइएको छ ।