धरान/जनरल इन्स्युरेन्स कम्पनी धरान शाखाले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर आर्थिक अवस्था न्यून भएका धरान(१५ श्यामचोकका एक दम्पतीलाई भान्सामा चाहिने सामग्री वितरण गरेको छ । 

शाखाले होप धरानको पहलमा मानवीर मगर र रामकुमारी मगर दम्पतीलाई भान्साका लागि चाहिने ग्यास चुलादेखि लिएर खाद्यान्न सामग्री वितरण गरिएको इन्स्युरेन्सका धरान शाखा प्रमुख प्रतीक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अत्यन्तै नाजुक अवस्थामा रहेका दम्पतीलाई खाद्यान्न सहयोग गरिएको बताए । उनका अनुसार ग्यास चुला, ग्यास, चामल, तेल, नुन, दाललगायतका सामग्री दिइएको छ । 

त्यसक्रममा अन्य संस्थाले पनि चामललगायत सामग्री दिएका छन् । त्यस्तै दम्पतीलाई ओढ्नेओछ्याउने समेत प्रदान गरिएको छ । कार्यक्रममा जनरल इन्स्युरेन्सका पदाधिकारी, धरान जेसीजका पदाधिकारीलगायतको सहभागितामा सामग्री प्रदान गरिएको हो ।