धरान । सुनसरीबाट १६५ केजी गाँजासहित एकजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भण्टाबारीको टोलीले नियमित गस्तीको क्रममा आज बिहानको राति २ः४५ बजेतिर बोरामा प्याक गरिएको अवसथामा १६५ केजी गाँजा बरामद गरिएको हो । कोशी गाउँपालिका ८ स्थित राजमार्गको दक्षिणपट्टि प्लाष्टिकले बेरेर राखेको अवस्थामा जाँच गर्दा गाँजा बरामद गरिएको थियो । प्रहरीले सोही ठाउँका ४० वर्षीय गणेश यादवलाई पक्राउ गरेको छ । 

उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । उक्त क्षेत्रबाट विभिन्न मितिमा भारी परिमाणमा गाँजा बरामद हुँदै आएको छ ।