भारतको गोवा राज्यमा सरकारले हाल जारी कर्फ्युलाई लम्ब्याएको छ ।
हाल गोवा राज्यका जारी रहेको कर्फ्युलाई आगामी जुन ७ तारिखसम्म लम्ब्याइएको गोवा सरकारले शनिबार जानकारी दिएको छ ।
यस निशेषआज्ञा सन् २०२१ को जुन ७ तारिखको बिहान ७ बजेसम्म जारी रहने सरकारी अधिकारीहरुले बताएका छन् । गोवा राज्यमा हालसम्म कोरोना भाइरसका १५ हजार ३२६ जना सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा कोरोना शुरु भएयता हालसम्म १ लाख ३५ हजार ५६० जना कोरोना मुक्त भएका छन् । यस प्रकोपबाट २ .हजार ५७० जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेकोसम्म कुल संक्रमितको संख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ । भारतमा हालसम्म कोरोनाबाट देशभर ३ लाख २२ हजार ५१२ जनाले ज्यान गुमाएका छन् ।