ताप्लेजुङ । १४ औं गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जना कैदी छुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा भुक्तान हुन बाँकी कैद कट्टागरि माफी मिनाहा गरिदिएकी हुन् ।

कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफि मिनाहा पाउनेमा मेरिङदेन गाउँपालिका ४ का डिल्ली लंवा लिम्बू रहेका छन् । उनको १ वर्ष ११ महिना १४ दिन कैद कट्टा गरिएको छ । 

यस्तै फुङ्लिङ नगरपालिका वडा नं ३ का प्रदिप न्यौपानको ५ महिना १० दिन, फुनपा ९ का मनकुमार रेग्मीको ४ महिना १७ दिन, मिक्वाखोला गाउँपालिका ३ का साजन शेर्पाको १ वर्ष ८ महिना १७ दिन बाँकी कैद कट्टा गरिएको प्रमुख कुलेन्द्र खवासले जानकारी दिए ।

उता मैवाखोला गाउँपालिका वडा नं ४ का कुमार लिम्बू र मनबहादुर लिम्बूलाई ५ वर्ष कैद घोषणा गरिएकोमा २ वर्ष ३ महिना २६ दिन बाँकी कैद मिनाहा गरिएको छ । उनिहरुलाई विहान १० बजे पछि मुक्त गरिने बताईएको छ । उनिहरु मुक्त भएसँगै अब जिल्ला कारागारमा १ सय ४५ जना थुनुवा र कैदी रहनेछन् । २५ जना क्षमताको कारागारमा यसअघि १ सय ५१ जना रहेका थिए । 

यता दिवशको अवशरमा देशभरबाट ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी छन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।