धरान । तरकारीको झोलामा लागूऔषध लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा झापाको गौरीगञ्ज गाउँपालिकाबाट दुईजना युवा पक्राउ परेका छन् । 

गौरीगञ्ज गाउँपालिका २ लालमाटीमा प्रहरीले लागूऔषधसहित सोही ठाउँका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको हो । उनीहरुले तरकारीको झोलामा कोरेक्स १२ बोतल, विन स्पास्मो ४८ लेखिएको २८ ट्याब्लेट र निट्राभेट ३० ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जानकारी दिएको छ । 

उनीहरूलाई प्रहरी चौकी कोरोबारीले पक्राउ गरेको हो । शंकाको आधारमा जाँच गर्दा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो ।