झापा । झापा गौरीगंज गाउँपालिका २ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् ।

उनिहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विन स्पास्माे४८ २८ ट्याब्लेट र निट्रभेट ३० ट्याब्लेट फेला पारेको ईलाका प्रहरी कार्यालय गौरीगंजले जनाएकाे छ ।

कार्यालयका अनुसार पक्राउ परेका उनिहरु माथी थप अनुसन्धान भईरहेको छ ।