विजयपुर/ लकडाउनको समयमा दैनिक उपभोग्य बस्तुको मुल्य अत्याधिक बृद्धि भएपनि सम्बन्धित सरोकावाला निकायले चासो नदिएपछि मुल्य बृद्धि नियन्त्रणको माग गर्दै राजनीतिक दलले सम्बन्धित निकायको ध्यानाकर्षणगराएका छन् ।

धरान बजारका व्यापारीहरुले कालो बजारी गर्दै हरियो, सागसब्जी, भोगभेडा। प्याज, तरकारी फलफुललगायत दैनिक उपभोग्य बस्तुमा अत्याधिक बृद्धि गरेका छन् ।

मुल्य बृद्धि भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भए । तर, बजार अनुगमनको आधिकारिक निकाय धरान उपमहानरपालिका बजार अनुगमन  समिति, इलाका प्रशासन कार्यालय धरानले चासो नदेखाएपछि राजनीतिक दलले ध्यानाकर्षण गराएका छन्न ।

राजनीतिक दलले धरान उपमहानर, इलाका प्रशासन कार्यालय धरान र उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, जनता समाज पार्टी, राष्ट्रिय लिम्बूवान मञ्च, राष्ट्रि जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा मालले ज्ञापन  पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् ।

लकडाउनका  समयमा तरकारी तथा दुग्धजन्य बस्तु बाहिरबाट आयात गर्दा स्थानीय उत्पादकहरु समस्या परेकाले स्थानीय उत्पादनलाई सहजता ल्याउनका लागि पनि माग गरेका छन् ।