प्रेस चौतारी नेपाल वराहक्षेत्र नगर कमिटीको ‘घरदैलोमा चौतारी, संक्रमणविरुद्ध सञ्चारकर्मी’ अभियान अन्तगर्त आज मंगलबार संक्रमित पत्रकारको घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिइएको छ ।

वराहक्षेत्र ५ कालाबञ्जारका कोरोना संक्रमित पत्रकारको स्वास्थ्य अवस्था बुझ्दै चौतारी वराहक्षेत्रले स्वास्थ्य सामग्री तथा पौष्टिक आहार प्रदान गरेको छ । स्वास्थ्यकर्मीसँगै वराहक्षेत्रका संक्रमित सञ्चारकर्मीको घरदैलोमा पुगेको चौतारी वराहक्षेत्रले संक्रमित सञ्चारकर्मीका लागि फलफूल, पौष्टिक आहार, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री र औषधि प्रदान गरेको अध्यक्ष विमला घिमिरेले जानकारी दिइन् । 

वराहक्षेत्र नगरपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक जना संक्रमणबाट मूक्त भइसकेका छन् । चौतारीले स्थानीय सरकारको समन्वयमा संक्रमणबाट प्रभावित सञ्चारकर्मीलाई संक्रमण परीक्षण, औषधि उपचार र राहत व्यवस्थापन गर्ने तयारी गरेको अध्यक्ष घिमिरेले जानकारी दिइन् ।