धरान । एम्बुलेन्समा गाँजा ओसारपसार गरेको पाइएको छ । 

धरान प्रहरीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको  को १ च ५५५९ नम्बरको एम्बुलेन्समा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएको छ । हुडेप नेपाल खेलिएको मारुती एम्बुलेन्सको पछाडिको भागमा २५ केजीका दरले बनाइएको एक सय केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राति करिब ७ बजेतिर गाँजासहित एम्बुलेन्स चालक सुनसरी धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोषन राईलाई पक्राउ गरिएको छ । उनीहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।