ब्लाष्टखबर ।  गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र नेता दीपक पाण्डेको मृत्यु भएको छ।

 जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिक इयाज अख्तर मुसलमानमाथि तीन जनाको समूहले गोली प्रहार गरेका थिए ।

प्रटमा गाेली लागेका पाण्डेकाे भैरहवा मेडिकल कलेजमा उपचार हुन नसकेपछि  सोमबार  हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल पुर्याइएकाेमा 

उनको उपचारको क्रममा गएराति मृत्यु भएको हो।  


३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले उनि माथि गाेली प्रहार गरेकाे  आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  कपिलवस्तु नगरपालिका–१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अली रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।जको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।