मोरङ । जिल्ला मोरङ बिराटनगर १६ दरैया स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ ।
आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ बर्षीय सजजु साहीलाई डाइलक्स डिसी २ बोतल, निट्राभेट ३० ट्याब्लेट, स्पास्माे प्राेक्साेभाेन पल्स S ८ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।