यासोक ।  पाँचथरको कुम्मायक गाउँपालिका—१ वडाले अदुवाको बिउ बितरण गरेको छ । वडाले लागत साझेदारीमा ७५ प्रतिशत अनुदानमा वडाका किसानलाई बितरण गरेको छ । 

चालु आर्थिक वर्ष २०७७/०७८ को ५ लाख रकमबाट २ सय ३७ मुन अदुवा किसानलाई बितरण गरेको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । वडाका २ सय घरधुरीलाई ४० केजीदेखि ४ सय केजीसम्म बितरण गरेको लावतीको भनाइ छ । कृषकलाई अदुवाखेतीबाट व्यवसायीक बनाउँने उदेश्यले साविकका ४ वटा बडामा अदुवाको बिउ बितरण गरेको वडा कार्यालयले जनाएको छ ।

अदुवा खेतीको लागि उपयुक्त जमिन र वाताबरण भएकाले किसानलाई बिउ बितरण गरिएको कृषि शाखा प्राविधिक इमकुमारी तामाङले बताइन् । किसानलाई अदुवा खेती गर्ने विधिको बारेमा जानकारी दिएर अदुवा बितरण गरेको शाखाले जनाएको छ । यस अघि ५० हजार अकबरे खोर्सानीका बिरुवा २ सय ५० जना कृषकलाई बितरण गरेको थियो ।