धरान । झट्केलोपट्टिकी ९ वर्षीया छोरीलाई जर्बजस्ती करणी उद्योग गरेको आरोपमा इनरुवाबाट एक युवा पक्राउ परेका छन् । 

सुनसरीको रामधुनी ८ तीनकुने घर भई हाल इनरुवा ३ मा बस्दै आएका ३५ वर्षीय पुरुष पक्राउ परेका हुन् । श्रीमतीको पहिलो श्रीमान् (झट्केलो) पट्टिका नाबालिका कान्छी छोरीलाई करणी उद्योग गरेपछि पक्राउ गरिएको हो । आमालाई भेट्न आएकी उनी १० दिनदेखि उनीसँगै बस्दै आएका थिए । 

श्रीमती सुतेको अवस्थामा जेठ ५ गते राति नाबालिकामाथि करणीको प्रयास गरेका थिए । घटनापश्चात् फरार आरोपितलाई आज (आइतबार) बिहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा ८ बङ्कुल्वाबाट पक्राउ गरेको हो । उनलाई मुलुकी अपराध संहित ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।