विजयपुर /धरानका बैक तथा वित्तिय संस्थाहरु जेठ–१५ गतेसम्म बन्द हुने भएका छन् ।
शनिबार धरान उपमहानरले यसअघि जेठ ७ गतेसम्म गरिएको बन्दलाई निरन्तरता दिएको हो ।
बैंक तथा बित्तिय संस्थहरुमा ग्राहकहरु भौतिक उपस्थिति भई प्रत्यक्ष सेवा नदिने निर्णय भएको थियो ।
उपमहानगरको जारी विज्ञप्तिमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले जेठ–१५ गतेसम्म निरन्तरता दिइएको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन सुनसरीले जिल्लाभर जेठ–१५ गतेसम्म लकडाउन गरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुमा सेवा प्रवाह गर्दा भिडभाड हुने भएकोले सेवा रोक लगाइएको हो ।
बैंक तथा वित्तिय संस्थहरुमा एटिम सेवा, मोवाइल बैंकिङ सेवा र आवश्यक पर्दा सम्पर्क गरेर आवश्यक सेवा लिन सकिने जनाएको छ ।