धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित इनरुवाका एक वृद्धाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार ७४ वर्षीया वृद्धाको शुक्रबार ५ः४५ बजेतिर मृत्यु भएको हो । उनलाई दीर्घ रोगका रुपमा हाइपोथाइरोडिजम रहेको थियो । उनलाई बिहीबार कोरोना पोजेटिभ भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार नै भर्ना गरिएको थियो ।
तर, अत्यधिक श्वासप्रश्वासको समस्याका कारण उनको निधन भएको हो । शवको व्यवस्थापन नियमानुसार भइरहेको जनाइएको छ ।