सिरहा । सिरहा नगरपालिका १७ पटेर्वाबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय माडरको टोलीले बुधबार सिरहा नगरपालिका १७ पटेर्वाबाट कटुवा पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरू यादवले मदिरा सेवन गरी गाँउघरमा होहल्ला गरेपछि प्रहरी पुग्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीलाई देखेर भाग्ने क्रममा यादवको साथबाट कटुवा पेस्तोल खसेको थियो । फरार यादवको खोजी भइरहेको छ । 

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जनाएको छ ।