विराटनगर/मोरङको रंगेली नगरपालिका ३ मा एक जना महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ । 

धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रङ्गेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । 

बेचन यादवकी श्रीमती अनिताको रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खेडकाले जानकारी दिए । घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो ।

पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङको नेतृत्वमाको टोली पुगेर अनुसन्धान सुरू गरेको छ ।

‘प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको छ,’ एसपी खड्काले भने, ‘अहिले मोरङ प्रहरी र इप्रका रंगेलीका प्रहरी टोली परिचालन भएर अनुस्न्धान भइरहेको छ । घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ ।’ 

प्रहरीले घटनाको सोधपुछको लागि श्रीमान बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको छ ।

‘कसले हत्या गर्याे त्यो पहिचान भइसकेको छैन,’ एसपी खड्काले भने, ‘परिवारको चार सदस्य माथि हामीले अनुसन्धान थालेका छौं ।’ कसले र के कारणले हत्या गर्याे थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले जानकारी दिए । 

nahar

gata