धरान । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई यूवा संघ नेपाल धरान नगर समितिले माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।
संघले आफ्नो स्थापना दिवसको अवसर पारेर १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरेको हो । संघका नगर अध्यक्ष भवानी दाहालका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० माक्स, २३ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरेको छ । वडा प्रहरी कार्यलय धरान र अस्थायी प्रहरी चौकी धरान १५ लाई समेत माक्स तथा सेनिटाइजर वितरण गरिएको जनाइएको छ । वडा प्रहरी कार्यलय धरानलाई १ सय माक्स, १० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरिएको छ भने अस्थायी प्रहरी कार्यालय धरान १५ लाई ८ थान फेससिल्ड र ८ थान सेनिटाइजर वितरण गरिएको संघले जनाएको छ ।